Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • देशको सम्पूर्ण भूमि राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

    देशको सम्पूर्ण भूमि राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 369
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशको सम्पूर्ण भूमि राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

    आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य गौतमले यस्तो बताएका हुन् ।



    गौतमले देशको सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म नेपालको विकास हुन नसक्ने बताए।



    उनले विश्वका अधिकाशं देशमा भूमि राष्ट्रियकरण गरेकै कारण विकास भएको भन्दै नेपालमा सम्पूर्ण भूमि राष्ट्रियकरण नभएसम्म विकास हुन नसक्ने बताए।

    गौतमले भने, ‘जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन। अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ। त्यहाँ व्यक्तिगत छैन। अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ। रुसमा पनि त्यो लागू भएको छ। चीनमा १९५३ मा राष्ट्रियकरण भयो, सबै जमिन।’

    गौतमले अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भए र त्यहाँ व्यक्तिगत नरहेको पनि बताए।

    उनले अमेरिका, चीन, रुस लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएकाले विकास सम्भव भएको बताए।

    वस्तु उत्पादन गर्ने आधारका रुपमा रहेका भूमिलाई टुक्रा–टुक्रा काटेर बाँडेर देश समृद्ध हुन नसक्ने उनको भनाई छ।

    उनले भूमिमाथि राज्यको अधिकार कायम नभएसम्म नेपालीको अवस्था माथि उठ्न नसक्ने धारणा राखे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार