Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • संसद्का कर्मचारीको माग सम्बोधन गर्न कानुनमन्त्री गिरीको संयोजकत्वमा समिति गठन

    संसद्का कर्मचारीको माग सम्बोधन गर्न कानुनमन्त्री गिरीको संयोजकत्वमा समिति गठन

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 420
    SHARES

    काठमाडौं । संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।

    आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधनका लागि सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको हो ।



    समितिमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहनेछन् ।



    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेतासहित बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।

    अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरूले आन्दोलन गर्दै आएका थिए ।

    विरोधमा उनीहरुले संसद बैठकमा ‘ब्ल्याक आउट’ गर्दा संसद् बैठक नै प्रभावित हुँदै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार