Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • टी-२० विश्वकपमा अष्ट्रेलियामाथि अफगानिस्तानको शानदार जित

    टी-२० विश्वकपमा अष्ट्रेलियामाथि अफगानिस्तानको शानदार जित

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 765
    SHARES

    काठमाडौं । आईसीसी टी-२० विश्वकपको ‘सुपर–८’मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै शानदार जित हात पारेको छ ।

    आइतबार बिहान सम्पन्न ‘सुपर–८’ चरणको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो ।



    अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो ।



    अष्ट्रेलियासँग भएका ६ अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानको यो पहिलो जित हो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

    मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए ।

    मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एक/एक विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १४८ रन बनाएको थियो ।

    गुर्बाजले ६० र जद्रानले ५१ रन बनाएर आउट भए । करिम जन्नतले १३ र मोहम्मद नाबीले १० रनको योगदान गरे ।

    अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार