काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले लगातार ह्याट्रिक विकेट लिएका छन् ।
आइतबार बिहान सुपर आठअन्तर्गत अफगानिस्तानविरुद्ध जारी खेलमा उनले ह्याट्रिक विकेट लिएका हुन् ।
योसँगै कमिन्स टी-२० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बने । उनले यसअघि बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक विकेट लिएका थिए ।
सेन्ट भिनसेन्टस्थित अर्नो भेल स्टेडियममा जारी खेलमा कमिन्सले १८औं ओभरको अन्तिम बलमा अफगानिस्तानका कप्तान रासिद खानलाई आउट गर्दै पहिलो विकेट लिएका थिए ।
त्यसपछि २०औं ओभरमा उनले पहिलो बलमा करिम जन्नत र दोस्रो बलमा गुल्वादिन नैवलाई आउट गर्दै ह्याट्रिक विकेट पूरा गरेका थिए ।
Leave a Reply