Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

    पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, ९ असार २०८१
  • 843
    SHARES

    फाइल तस्विर

    लमजुङ । गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध भएको छ ।

    यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१, दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए ।



    सडक अवरुद्ध भएपछि लमजुङबाट संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेँसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ ।

    बाटोमा सयौँ यात्री अलपत्र परेका छन् । यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार