Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • एडीबीद्वारा पाकिस्तानका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत

    एडीबीद्वारा पाकिस्तानका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 426
    SHARES

    एजेन्सी । एसियाली विकास बैंक (एडिबी) ले सार्वजनिक–निजी साझेदारी मार्फत पूर्वाधार तथा सेवामा पाकिस्तानको दिगो लगानीमा सहयोग गर्न २५० मिलियन अमेरिकी डलर नीति–आधारित सम्झौतामा हस्ताक्षर गरेको छ ।

    एडीबीको आधिकारिक एक्समा जारी विज्ञप्ति अनुसार शुक्रबार पाकिस्तानका लागि बैंकका कन्ट्री निर्देशक ये योङ र पाकिस्तानको आर्थिक मामिला विभाग (इएडी) का सचिव काजिम नियाजले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।



    विज्ञप्तिमा, इएडी कार्यक्रमको मुख्य उद्देश्य प्रशासनिक ढाँचालाई सुदृढ पारी सङ्घीय सरकारको सार्वजनिक–निजी साझेदारीको वातावरण सक्षम पार्नु हो ।



    सार्वजनिक लगानी व्यवस्थापन र सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नीति, कानुनी र संस्थागत ढाँचालाई सुदृढ पार्दै मिसन हासिल गरिनेछ ।

    हस्ताक्षर समारोहमा बोल्दै नियाजले विकास प्रक्रियामा निजी क्षेत्रको सहभागिताको लक्ष्य हासिल गर्न यो कार्यक्रमले लामो यात्रा तय गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार