कैलाली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीको अध्यक्षमा कुबेर खड्का चयन भएका छन् ।
कैलालीको सुख्खडमा शुक्रबार सम्पन्न अनेरास्ववियुको १७ औँ जिल्ला अधिवेशनबाट खड्काको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।
खड्का ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत हुन् । अधिवेशनले उपाध्यक्षमा भगवती साउँद र पुष्प सुवेदी तथा सचिवमा हरिश न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ ।
सहसचिव भने जिल्ला कमिटि बैठकले मनोनित गर्नेछ । सहसचिव बाहेकका अन्य पदाधिकारी र सदस्यहरु भने सर्वसम्मत चयन गरिएको बताइएको छ ।
Leave a Reply