Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • रोमाञ्चक खेलमा दक्षिण अफ्रिका विजयी, साविक विजेता इंग्ल्याण्ड पराजित

    रोमाञ्चक खेलमा दक्षिण अफ्रिका विजयी, साविक विजेता इंग्ल्याण्ड पराजित

    अनलाइन नेपाल
  • शनिबार, ८ असार २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा ‘सुपर–आठ’ को आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेको छ ।

    सेन्ट लुसियामा ड्यारेन सामी क्रिकेट मैदानमा गए राति भएको समूह–२ को खेलमा साविक उपाधि विजेता इंग्ल्याण्ड ७ रनले पराजित भएको हो ।



    दक्षिण अफ्रिकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन मात्रै बनाउन सक्यो । इंग्ल्याण्डका ह्यारी ब्रुकले सर्वाधिक ५३ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबाडा र केशव महाराजले समान २ विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले सर्वाधिक ६५ रन बनाए ।

    यस्तै डेभिड मिलरले ४३ रन जोडे । इंग्ल्याण्डका जोफ्रा आर्चरले ३ तथा मोइन अली र अदिल रसिदले समान १ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार