Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जनमुक्ति सेनाका पूर्वकमाण्डर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    जनमुक्ति सेनाका पूर्वकमाण्डर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 2.3K
    SHARES

    हेटौँडा । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश दिएको छ ।

    उच्च अदालत पाटन हेटौँडा इजलासले शुक्रबारको न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो ।



    गत चैत २० मा काठमाडौँबाट पक्राउ परेका खामलाई जिल्ला अदालत चितवनले चैत २३ मा पुर्पक्षमा राख्न आदेश गरेको थियो । उक्त आदेश बदरको माग गर्दै खाम पक्षले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सो मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले खामलाई थुनामा नै राख्न आदेश गरेको हो ।



    जनमुक्ति सेनाका पूर्वकमाण्डर खाममाथि कोटेश्वर बस्ने व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ । २०६५ वैशाख २८ मा नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार