Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नाबालिकालाई ‘यौन क्रियाकलापमा लगाउने’ स्पा सञ्चालक पक्राउ

    नाबालिकालाई ‘यौन क्रियाकलापमा लगाउने’ स्पा सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 2K
    SHARES

    काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालकलाई पक्राउ गरेको छ ।

    काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा २०८० कात्तिकदेखि नाबालिकाहरूलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृत्तीमा लगाउने सूचनाका आधारमा ब्युरोको टोलीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान रहेका छन् ।



    गुरुङले आर्थिक अवस्था कमजोर भएका विशेषगरी ग्रामीण क्षेत्रका नाबालिकाहरुलाई टिकटकबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाई दिने प्रलोभन देखाई काठमाडौं आउने भाडा समेत पठाएर ल्याएको खुलेको छ।

    नाबालिकालाई काठमाडौं झिकाएपछि उनले काठमाडौंको टोखा नगरपालिका(११ मा सञ्चालन गरेको सनफ्लावर स्पा सेन्टरमा मासिक १० हजार तलब दिने भनि स्पा सेन्टरमा पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको खुल्न आएको ब्युरोले जनाएको छ ।

    ब्युरोका अनुसार सनफ्लावर स्पा सेन्टरमा वेश्यावृत्तिमा लगाई सकेपछि नाबालिकाहरुलाई स्याङतानले ठमेलमा ए वान स्पा सेन्टरमा ल्याएर जबरजस्ती वेश्यावृत्तिमा लगाएको खुल्न आएको छ।

    उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार