काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जनताको अपेक्षा पूरा गर्ने चुनौतीका साथ आफूहरूले काम गर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा बोल्दै पार्टी सभापति समेत रहेका गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
गृहमन्त्री लामिछानेले सरकारमा सहभागी भएका एक सय दिनमा आफूहरूले मन्त्रालय सञ्चालन गर्ने बलियो आधार बनाएको बताए।
गृहमन्त्री लामिछानेले भने, ‘२१ सीटले सदनमा हामी गज्जबको प्रतिपक्ष भएकै हौँ। सरकारमा एक सय दिन जति भएको छ। गज्जबले सरकार चलाउने आधार बनेका छन्। नागरिकको अपेक्षा ठूलो छ। त्यो पूरा गर्न ठूलो चुनौती छ। त्यसलाई ख्याल गरेर हामीले इमानदार कोसिस गर्छौँ।’
गृहमन्त्री लामिछानेले आफू पुराना दलहरूभन्दा फरक भएको दाबी गरे।
गृहमन्त्री लामिछानेले नागरिकको अपेक्षा पुरा गर्नुपर्ने ठूलो चुनौती रहेको बताए ।
आफुहरुले नागरिकको अपेक्षालाई इमानदारिताका साथ पुरा गर्ने बताए ।
Leave a Reply