Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • इजरायलमा हतियार नपठाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

    इजरायलमा हतियार नपठाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 489
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घले इजरायलमा हतियार र गोलाबारुद हस्तान्तरण गर्न रोक्न आह्वान गरेको छ ।

    राष्ट्रसङ्घका ३० भन्दा बढी विज्ञले राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद हस्तान्तरण गर्न रोक्न आह्वान गरेका हुन् ।



    हात हतियारको निर्बाध स्थानान्तरणले मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भई माववीय नरसंहारलगायत अन्तर्राष्ट्रिय अपराधमा राज्यको संलग्नताको जोखिम हुन सक्ने उनीहरूले बताएका छन् ।



    हतियार बेच्ने लाइसेन्स भएका बिएई प्रणाली, बोइङ, क्याटरपिलर, जनरल डायनामिक्स र लकहिड मार्टिनजस्ता कम्पनीलाई सङ्केत गर्दै विशेष प्रतिवेदक, स्वतन्त्र विज्ञ र संयुक्त राष्ट्र मानव अधिकार परिषद्का कार्य समूहले संयुक्त वक्तव्य जारी गर्दै विश्व समुदाय तथा हतियार निर्मातालाई इजरायलमा हतियारलगायत अन्य सैन्य उपकरणको बिक्री र हस्तान्तरण रोक्न आग्रह गरेको हो ।

    कम्पनीहरूले इजरायली सेनालाई हतियार, पाटपूर्जा र गोलाबारुद पठाएर अन्तर्राष्ट्रिय मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घनमा संलग्न हुने जोखिम रहेको विज्ञहरूले जनाएका छन् ।

    जारी इजरायली सैन्य आक्रमण नागरिक तथा पूर्वाधारमा अन्धाधुन्ध आक्रमणको विषेशता भएको विज्ञहरूले उल्लेख गरेका छन् । उनीहरूका अनुसार इजरायलमाथि हतियार प्रतिबन्ध र लगानीकर्ताले निर्णायक कदम चाल्नुपर्ने आवश्यकता पहिलेभन्दा बढी जरूरी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार