Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरी जवान पक्राउ

    नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरी जवान पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 690
    SHARES

    फाइल तस्विर

    हेटौंडा। नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान सन्तोष बोट रहेका छन् । १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको हो ।



    प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।



    नाबालिकालाई प्रेमको बहानामा पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा छ । नाबालिकाले १६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी थिइन् ।

    जाहेरीमा नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवान बोटले पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।

    पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ ।

    जवान बोट र नाबालिकाबीच ७/८ महिना अगाडिदेखि नै चिनाजान भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार