Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • हेटौंडाबाट २ करोड ७१ लाख रुपैयाँ बराबरको अवैध भेप बरामद, बस चालकसहित ५ जना पक्राउ

    हेटौंडाबाट २ करोड ७१ लाख रुपैयाँ बराबरको अवैध भेप बरामद, बस चालकसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 594
    SHARES

    हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा भारतर्फ लैजाँदै गरेको ५८ कार्टुन भेपसहित ५ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौंबाट हेटौंडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसबाट २ करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर बरामद गरेको हो ।



    पक्राउ पर्नेमा बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर–१६ का २९ वर्षीय राजकुमार हिमाङ रहेकका छन् ।



    मकवानपुर प्रहरीका अनुसार पक्राउ परेकाहरुले बसका यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्स वटम बनाएर लामो समयदेखि विभिन्न सामानहरु अवैधरुपमा भन्सार छलेर तस्करी गर्दै आएको पाइएको छ ।

    बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत–नेपाल ओहोरदोहोर गर्ने नभई भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीले बससहित पक्राउ परेका पाँचै जनालाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार