Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

    बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असार २०८१
  • 636
    SHARES

    बुटवल । बुटवलको मिलनचोकस्थित डेल्टा मार्टमा लागेको आगो नियन्त्रणमा आएको छ ।

    तीन तले मार्टको माथिल्लो तलाबाट शुरू भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मार्टमा बिहीबार साँझ आगलागी भएको थियो ।



    विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर, मार्टमा भने पूर्णरूपमा क्षति पुगेको छ ।



    आगो निभाउन रुपन्देहीको तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दमकल ल्याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले बताए ।

    नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयको प्रयासका कारण बस्तीमा आगा सल्कनबाट जोगिएको उनको भनाइ छ ।

    आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर, यकिन विवरण नआइनसकेको ​प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार