काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जमानत पाएका छन् ।
मदिरा घोटाला प्रकारणमा पक्राउ परेको तीन महिनापछि केजरीवालले राउज एभिन्यू अदालतबाट जमानत पाएका हुन् ।
उनी शुक्रबार रिहा हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, प्रवर्तन निर्देशनालय (ईडी)ले जमानतविरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ ।
अदालतले केजरीवाललाई एक लाख रुपैयाँ धरौटी बुझाउन भनेको छ ।
Leave a Reply