Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सहरी व्यवस्थापनमा चुनौती थपिँदै गयो, सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गरौँ : बालेन शाह

    सहरी व्यवस्थापनमा चुनौती थपिँदै गयो, सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गरौँ : बालेन शाह

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 495
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् ।

    ब्राजिलको साओ पाउलोमा बुधबारबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका मेयर बालेनले आज भएको ‘मेयरल राउन्ड टेबल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’मा यस्तो धारणा राखेका हुन् ।



    उनले सन् २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताए ।



    उनले भने, ‘हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् । ठुला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ । सेटलाइट सहरहरूमा ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ । यसले जनसंख्याको एकत्रित चाप रोकिन्छ ।’

    बहसमा ठुला महानगरपालिकाका मेयरहरू सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार