Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • १५ करोड बढीको अवैध लागूऔषधसहित चार विदेशी नागरिक पक्राउ

    १५ करोड बढीको अवैध लागूऔषधसहित चार विदेशी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 471
    SHARES

    काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले अवैध लागूऔषध कोकिनसहित चार विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ ।

    ब्यूरोले इथियोपियाको अदिश अबाबाबाट साढे ४ केजी कोकिनसहित नेपाल आएका चार जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतिय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी छन् ।



    जेठ २७ गते काठमाडौं आएका डोनाल्ड ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको थियो । डोनाल्डले इथियोपियाको अदिश अबाबाबाट १८ वटा प्लाष्टिक कोटेड क्याप्सुल निलेर काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    उनले आफ्नो पेटभित्र थप क्याप्सुल रहेको बताएपछि अस्पताल लगि थप ७७ वटा कोनिका क्याप्सुलहरु बरामद गरिएको व्यूरोले जनाएको छ।

    त्यस्तै जेठ ३० गते इमिरेट्सको उडानबाट ब्राजिल हुँदै काठमाडौं आएकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई बिमानस्थल परिसरबाटै १२१ वटा फेन्सी लुगाको बटनमा लुकाएर ल्याएको २ किलो १ सय ग्राम कोकिनसहित पक्राउ गरिएको व्यूरोले जनाएको छ ।

    असार १ गते कतार एयरको उडानमार्फत नेपाल आएकी भेनेजुलियन नागरिक साइमन एन्टोनियो अल्फोन्जो राडालाई काठमाडौंको एक होटलबाट कोकिनका ९२ क्याप्सुल सहित पक्राउ परेकी थिईन् ।

    अनुसन्धानका क्रममा प्रहरीले उक्त कोकिनका क्याप्सुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरिक लालरु अत्सङ्गीलाई पक्राउ गरेको छ । उनले कोकिनका क्याप्सुलहरु नेपालबाट भारतको नयाँ दिल्लीसम्म लैजान लागेको अनुसन्धानबाट खुलेको छ ।

    उनीहरूको साथबाट ४ किलो ५०४ ग्राम कोकिन बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । उक्त कोकिनको बजार मूल्य करिब १५ करोड ७६ लाख रहेको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार