Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेपालमा विवाईडीको विवादै–विवाद, कम्पनीविरुद्ध मुद्दादेखि करछलीसम्म

    नेपालमा विवाईडीको विवादै–विवाद, कम्पनीविरुद्ध मुद्दादेखि करछलीसम्म

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 801
    SHARES

    काठमाडौं । चिनियाँ ब्रान्डको गाडी विआइडी नेपालमा आयात गर्दै आएको कम्पनी साइमेक्स इंक विवादमा फस्दै गएको छ ।

    एकातर्फ कम्पनीकै आधिकारिता विषयमा अदालतमा मुद्दा चलिरहेको छ भने करोडौं कर छलीको विषयमा सो कम्पनीमाथि विस्तृत अनुसन्धान अघि बढेको छ ।



    बुधबार मात्र राजश्व अनुसन्धान विभागले साइमेक्सका कागजपत्रहरु नियन्त्रणमा लिएको छ । यसअघि भन्सार विभागले सो कम्पनीलाई जरिवाना तिराइसकेको छ ।



    कम क्षमताको गाडीको कागजपत्र देखाएर उच्च क्षमताका गाडीहरु आयात गरेको र आयकर समेत छली गरेको प्रारम्भिक छानविनमा देखिएपछि राजश्व अनुसन्धानले कम्पनीमाथि विस्तृत अनुसन्धान अघि बढाएको हो ।

    छानविनमा फस्ने देखिएपछि साइमेक्सका सञ्चालकहरु बिचौलियामार्फत प्रधानमन्त्रीको सचिवालयलाई प्रभावित पारेर छानविन रोकाउने प्रयासमा लागिसकेका छन् । राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको प्रत्यक्ष मातहत छ ।

    यसअघि २० वटा बिवाईडी गाडी आयात गर्दा सो कम्पनीले एक करोड ८४ लाख रुपैयाँ कर छलेको पुष्टि भएको थियो । सोही आधारमा जरिवानासहित सो रकम तिर्न लगाइएको थियो ।

    चीनको बिवाईडी अटो कम्पनीले जारी गरेको बिल र साइमेन्सले पेश गरेको प्रज्ञापनपत्रमा फरक मूल्य भन्सारले भेटाएको थियो । भन्सार छलीकै लागि सो कम्पनीले नक्कली बिल पेश गरेको भन्सार विभागको छानविनबाट पुष्टि भएको थियो ।

    एउटै गाडी आयातमा १७ हजार एक सय ५० अमेरिकी डलर फरक मूल्य भेटिएपछि विभागले विस्तृत छानविन गरेको थियो । ‘एटो थ्रि’ मोडलको गाडी आयात गर्दा पनि लट नै पिच्छे फरक–फरक मूल्य राखिनु शंकास्पद देखिएपनि एउटा केसको मात्र त्यतीबेला जरिवाना तिराएर अरुमा उन्मुक्ति दिइएको थियो ।

    साथै सो कम्पनीले कालोबजारी समेत गरेको प्रारम्भिक छानविनमा खुलेको छ । करिब २५ लाख रुपैयाँमा भित्राइएका गाडीहरु ५० लाख रुपैयाँ भन्दा धेरैमा बिक्रि गरिएको छ । जबकी कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐनअनुसार २० प्रतिशत भन्दा धेरै नाफा लिन पाइदैन ।

    नेपालमा सो कम्पनीले उपभोक्तासँग दोब्बर मूल्य असुलिरहेको छ । यसमा आयकर छल्न नक्कली बिलहरु देखाएर झुक्याउने गरिएको राजश्व अनुसन्धान विभाग स्रोत बताउँछ ।

    त्यसो त साइमेक्स इंक कम्पनी नै कब्जा गरिएको भन्दै अदालतमा अर्का मुद्दा चलिरहेको छ । व्यवसायी बिशाल पण्डितले साइमेक्स इंकविरुद्ध मुद्दा हालेका हुन् ।

    सुरुमा विवाईडी बिक्रिको अनुमति पण्डितको कम्पनी सूर्य गुड्स सप्लायर्सले लिएको थियो । पछि साइमेक्सले पनि पायो । साइमेक्सले एकलौटी गरेको भन्दै पण्डितले उच्च अदालतमा मुद्दा दायर गरेका छन् । आफुमाथि धोका भएको भन्दै उनले साइमेक्सलाई गाडी आयात नै रोक्न माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार