Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बजेट बनाउँदा मन्त्रीहरुले आफ्नै निर्देशन नटेरेको प्रधानमन्त्री प्रचण्डको गुनासो

    बजेट बनाउँदा मन्त्रीहरुले आफ्नै निर्देशन नटेरेको प्रधानमन्त्री प्रचण्डको गुनासो

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 561
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट बनाउँदा मन्त्रीहरूले आफ्नो निर्देशन नै नटेरेको दुखेसो गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले बजेट बनाउँदा आफू नै निरीह बन्नुपरेको बताए।



    प्रधानमन्त्री प्रचण्डले दुखेसो पोख्दै भने, ‘बजेट तर्जुमा प्रणालीमा निरन्तर सुधारको लागि सरकार प्रतिवद्ध छ । बजेट चाहेजस्तो अझै हुन सकेन । हामीले प्रयास गर्नुपर्ने हुन्छ । मान्य मन्त्रीज्यूहरूले पनि योजना निर्माण गर्दा, कार्यक्रम बनाउँदा सरकारको, प्रधानमन्त्रीकै निर्देशनलाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो त्यो भएन । निर्देशन दिँदा दिँदै पनि साना योजना राखिएको छ ।’

    प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको बताए ।

    प्रचण्डले आफूले भन्दाभन्दै पनि साना आयोजनाहरु बजेटमा परेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले बजेटमा जे भएको छ त्यो ठिक भएको छ भन्ने पक्षमा आफू नरहेको बताए ।

    उनले ३ करोड रुपैयाँभन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार