Online Nepal
  • आइतबार, २० असोज २०८१
  • आफूले बोल्ने दिन मन्त्रीहरू सदनमा नआएकोप्रति प्रचण्ड असन्तुष्ट

    आफूले बोल्ने दिन मन्त्रीहरू सदनमा नआएकोप्रति प्रचण्ड असन्तुष्ट

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 456
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा पर्याप्त सांसद र मन्त्री नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफूले सम्बोधन गर्ने दिन सांसद र मन्त्रीहरु नआएकोमा असन्तुष्टि प्रकट गरेका हुन्।



    आफ्नो र राष्ट्रपतिको विदेश भ्रमणसँगै सांसदहरूसँग प्रश्नोत्तरपछि प्रधानमन्त्रीले मन्त्री र सत्तापक्षकै सांसदहरू पनि सदनमा नदेखेपछि असन्तुष्टि जनाए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘सबै माननीय सदस्यहरुकाे ध्यानाकर्षण गराउन चाहन्छु, हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू आकस्मिक काम बाहेक सबै मन्त्रीहरू उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो । अब क्रमशः त्यो पातलिन थालेको छ।’

    प्रधानमन्त्री प्रचण्डले सबैभन्दा कम बजेट विनियोजन भएको योजना स्थानीय तहबाट र त्यो भन्दा योजना प्रदेश तहबाट कार्यान्वयन गर्न सरकार दृढ रहेको बताए ।

    उनले ३ करोड रुपैयाँभन्दा कमका आयोजना प्रदेश र स्थानीय तहमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार