Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • संसद्का कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा छलफल

    संसद्का कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा छलफल

    अनलाइन नेपाल
  • बिहिबार, ६ असार २०८१
  • 513
    SHARES

    काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा छलफल जारी छ । सभामुख देवराज घिमिरे, सम्माननीय राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको हो ।

    कर्मचारी आन्दोलनबारे सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग पनि छलफल गरेका छन् ।



    आज नै संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ । बुधबार कर्मचारीको आन्दोलनले प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो ।



    अतिरिक्त समय काम गरेको भत्ता पाउनुपर्ने माग गर्दै विगत साता दिनदेखि आन्दोलनमा रहेका संसद् सेवाका कर्मचारीले प्रतिनिधिसभा चलिरहेका वेला ‘ब्ल्याक आउट’ गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार