काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
संसद् सचिवालयका प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्र देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
संसद् सचिवालयका कर्मचारीहरू तलब भत्ता, आवास भत्ता तथा शैक्षिक भत्ता वृद्धिको माग राख्दै आन्दोलनमा छन् ।
Leave a Reply