Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओसहित ६ जनाविरुद्ध फेरी पक्राउ पुर्जी जारी

    लालीगुराँस बहुउद्देश्यीय सहकारीका सीईओसहित ६ जनाविरुद्ध फेरी पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 633
    SHARES

    काठमाडौं । ललितपुरको पुल्चोकस्थितस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेन्द्र भण्डारीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय लतिलपुरको अनुरोधमा जिल्ला अदालत काठमाडौंले उनीहरुविरुद्ध फेरी पक्राउ पुर्जी जारी गरेको हो ।



    जेठ २२ गते पनि संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारी, अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष हजुरी विष्ट, उपाध्यक्ष अमृत कुमार अर्याल, सदस्यहरु कमद बाबा जोशी, सदस्य भोला कुमार श्रेष्ठ, सदस्य आर्या सिंह भण्डारी, लेखा संयोजक पुण्य प्रसाद पोखरेल, सदस्य विद्यादेवि पाण्डे र तिमिला रंजितविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।



    श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको चुचेपाटीस्थित शाखाबाट पीडित दावा डोमा शेर्पाको जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौंले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    उनीहरुमाथि किर्ते हस्ताक्षर गरि बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको आरोप छ ।

    सहकारीका व्यवस्थापक धुर्व पाखरेल भने यसअघि नै पक्राउ परिसकेका छन् । अन्य सबै पदाधिकारीलाई फरार सुचीमा छन् ।

    सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीले मनोमानी रुपमा करोडौँ रकम अपचलन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेका छ ।

    उक्त सहकारीले सर्वसाधारणलाई १८ देखि २० प्रतिशतसम्म ब्याज असुली गर्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार