Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • आईसीसी टी-२० अलराउन्डर वरियताको छैटौं स्थानमा उक्लिए दीपेन्द्र

    आईसीसी टी-२० अलराउन्डर वरियताको छैटौं स्थानमा उक्लिए दीपेन्द्र

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 507
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अलराउण्डरतर्फको वरीयता सुधार भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् ।



    आईसीसीले जारी गरेको वरियताअनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै पहिलो स्थानमा उक्लिएका छन् ।



    श्रीलंकाका वनिन्दा हसरङगा दोस्रो स्थानमा, बंगलादेशका शकिल अल हसन तेस्रो स्थानमा छन् । चौथो स्थानमा अफगानस्थानका मोहम्मद नाबी रहेका छन् भने पाँचौंमा जिम्बावेका सिकन्दर राजा रहेका छन् ।

    दीपेन्द्रले भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत उछिनेका छन् । दीपेन्द्र पछाडी सातौं नम्बरमा भारतका हार्दिक पाण्ड्या, आठौंमा इङ्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अली नवौं स्थानमा छन् ।

    शीर्ष १० मा दक्षिण अफ्रिकाका एडेन मक्रम पनि परेका छन् । नेपालकै कुशल मल्लको भने वरियता एक स्थानले खस्किएको छ । यसअघि ३५औं स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६औं स्थानमा पुगेका छन् ।

    कप्तान रोहित पौडेलले ११ स्थान सुधार गर्दै ५५ औं स्थानमा उक्लिएका छन् । गुल्सन झा भने ६ वरियता खस्किएका छन् । कुशल भुर्तेल ४३ स्थान सुधार गर्दै ७० औं स्थानमा आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार