Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एमाले सांसद पन्तको प्रस्ताव – अब भारतीय सीमामा काँडेतार लगाऔं

    एमाले सांसद पन्तको प्रस्ताव – अब भारतीय सीमामा काँडेतार लगाऔं

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 414
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय सीमामा काँडेतार लगाउन माग गरेका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् । सांसद पन्तले भारतसँग खुला सीमा भएको कारणले तराईमा आपराधिक घटना बढेको दाबी गरे ।



    सीमा नाकाहरुलाई व्यवस्थित गरेर काँडेतार लगाउँदै पासपोर्ट सिस्टममा जानुपर्ने उनको भनाइ छ।



    सांसद पन्तले भने,‘केही दिनदेखि तराईंमा दिउँसै मान्छे मारिएका छन् । दिउँसै गोली हानिएका समाचार आएका छन् । मूल कारण खुला सिमाना हो । खुला सीमालाई स्वतन्त्र देशले नियन्त्रण गर्नैपर्छ । हामी एकैचोटी नसकौंला तर, अचेल राष्ट्रिय परिचयपत्र दिन थालिएको छ । यताबाट जाँदा पनि नागरिकता हेर्न सकिन्छ । उताबाट आउँदा पनि भारतीयसँग आधारकार्ड हेर्न सकिन्छ ।’

    विस्तारै भारतसँग पासपोर्ट प्रणालीमा जानुपर्ने सांसद पन्तले बताए । काँडेतार लगाएर विस्तारै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिस्टममा जानैपर्ने उनको भनाई छ ।

    तराईंको सुरक्षाको लागि आन्तरिकतर्फ नेपाल प्रहरी र सीमामा सशस्त्र प्रहरीलाई व्यवस्थित हिसाबले खटाउनुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार