Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रहरी जवान अजितले आफैंले बोकेको राइफलले आफैंलाई गोली हानेको प्रहरीको प्रारम्भिक निष्कर्ष

    प्रहरी जवान अजितले आफैंले बोकेको राइफलले आफैंलाई गोली हानेको प्रहरीको प्रारम्भिक निष्कर्ष

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 921
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संघीय संसद् भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आफैले बोकेको राइफलले निधारमा गोली हानेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २२ वर्षीय प्रहरी जवान अजित गोलेले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको हो।



    प्रहरी स्रोतका अनुसार गोलेले पारिवारिक समस्याकै कारण आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।



    उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा निधारमा गोलीको शवअवस्थामा भेटिएको थियो ।

    उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए।

    अहिले गोलेको शव पोष्टमार्टमा लागि टिचिङ अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार