Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • संसद् भवनभित्र प्रहरी जवानले आफैँलाई हाने गोली

    संसद् भवनभित्र प्रहरी जवानले आफैँलाई हाने गोली

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 4.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले हानेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २२ वर्षीय प्रहरी जवान अजित गोलेले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन् ।



    संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका गोलेले आफैँमाथि गोली हानी आत्महत्या गरेको बताइएको छ ।



    प्रहरीको कार्यदलबाट बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका थिए । केही बेरअघि सो घटना भएको बताइएको छ ।

    यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार