कैलाली । कैलालीको धनगढीबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।
मंगलबार धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले एक लाख बढीको अवैध सामान बरामद गरेको हो ।
धनगढी–४ बसपार्क, धनगढी–७ देवरीया, धनगढी–९ जुगेडागाँउ र धनगढी–१८ लुक्लीपुरबाट भन्सारका अन्दाजी १ लाख ४७ हजार ५ सय मुल्य बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरेको चिनी, सुर्ती, मटर, पापड, सुपारी, बोईलर कुखुरा, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।
Leave a Reply