Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

    दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 2.6K
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापामा रहेको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिएको छ ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अस्पताललाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको हो ।



    अदालतको परमादेश अनुसार नै बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरिएको बताइएको छ ।बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि सहभागि थिए।



    सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दे १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको थियो।

    उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार