Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • भनेको नमान्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : प्रभु साह

    भनेको नमान्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : प्रभु साह

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 471
    SHARES

    काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले भनेको नमान्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् ।



    उनले आगामी आर्थिक बर्षको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रतिवद्धता अनुरुपको योजना र रकम विनियोजन नदेखिएको बताए।



    साहले आफूले भने अनुसार बजेट निर्माण नगर्ने मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन सक्नुपर्ने सुझाव दिए ।

    अन्यथा, स्वयं प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठ्ने उनले बताए । बजेट पहुँचवाला नेता र मन्त्रीको क्षेत्रमा मात्रै पर्ने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार