Online Nepal
  • आइतबार, २० असोज २०८१
  • गोरखा र धादिङका सांसदहरूले गरे प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

    गोरखा र धादिङका सांसदहरूले गरे प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 462
    SHARES

    काठमाडौं । गोरखा र धादिङका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

    बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता हुनुपर्ने माग राख्दै उनीहरुले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।



    प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने गोरखा र धादिङका सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आयोजना निर्माण अघि बढाउन माग गरे।



    उनीहरूले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माण हुन्छ भन्ने विश्वास राज्यका तर्फबाट दिलाइनुपर्ने पनि बताएका थिए।

    प्रतिनिधिसभा सांसदहरू बजगाई, रामनाथ अधिकारी, बिना लामा, बुद्धिमान तामाङ, राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठ र कमला पन्तले बूढीगण्डकी आयोजना सुनिश्चितता माग गर्दै प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराए। प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी आयोजना निर्माण हुने बताए।

    प्रधानमन्त्री पनि गोरखा जिल्लाबाटै निर्वाचित जनप्रतिनिधि भएकाले यो समस्याको यथोचित सम्बोधन हुने विश्वास गरिएको कांग्रेस सांसद राजेन्द्र बजगाईले बताए ।

    १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाको मुअब्जालगायतका विवाद समते अझै बाँकी रहँदा यो आयोजना नै अन्यौलमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार