Online Nepal
  • आइतबार, २० असोज २०८१
  • स्रोत अभावले नेपाललाई ऋण भुक्तानी गर्न समस्या भएको प्रधानमन्त्री प्रचण्डको दाबी

    स्रोत अभावले नेपाललाई ऋण भुक्तानी गर्न समस्या भएको प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 390
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासमा चुनौती खेपिरहेका देशलाई सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेको बताएका छन् ।

    आजदेखि सुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    नेपाललाई आफ्नो विकास आवश्यकता पूरा गर्न ठूलो स्रोतको समस्या रहेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भने,‘हामीलाई आन्तरिक स्रोत पर्याप्त छैन, त्यसो हुँदा हामीलाई बाहिरको सहुलियतपूर्ण स्रोतको ठूलो आवश्यकता छ।’



    प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गरे ।

    विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    प्रधानमन्त्री प्रचण्डले समावेशी आर्थिक विकासका लागि एकीकृत प्रयास गर्दागर्दै पनि राजस्वका सीमितता, व्यापार घाटा एवं बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको बताए ।

    दिगो विकासका लक्ष्य (एसडिजी), राष्ट्रिय रूपमा निर्धारण गरिएका लक्ष्य (एनडिसी) र दिगो पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको उनले उनले बताए ।

    उनले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तीव्ररूपमा अगाडि बढाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको उनले बताए ।

    डिजिटलाइजेसन, उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमशीलताको प्रवर्द्धन, सीप विकासलाई जोड दिंदै रोजगारी सिर्जना गर्ने र समावेशिता प्रवर्द्धनलाई जोड दिंदै आएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार