Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह विजेता

    अफगानिस्तानलाई हराउँदै वेस्ट इन्डिज समूह विजेता

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 657
    SHARES

    काठमाडौं । आईसीसी मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले हराएको छ ।

    २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भएपछि वेस्ट इन्डिजले फराकिलो जीत हात पारेको हो ।



    जितसँगै वेस्ट इन्डिज समूह ‘सी’ को विजेता बन्दै ‘सुपर–८’ चरणमा पुगेको छ । अफगानिस्तान भने समूह उप–विजेताका रूपमा ‘सुपर–८’ चरणमा प्रवेश गरेको छ।



    टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । जारी विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।

    वेस्ट इन्डिजविरुद्ध ठुलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अफगानिस्तानले भने १६.२ ओभरमै अलआउट हुनुअघि एक सय १४ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका बलर र ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

    पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि अनुभवी ब्याट्सम्यान निकोलस पुरनले ९८ रनको योगदान गरे । अफगानिस्तानका बलर गुलबदिन नाइबले दुई तथा नवीन उल हक र अजमतुल्लाह ओमरजाईले एक–एक विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको अफगानिस्तानलाई लक्ष्यसम्म पुग्न नदिन क्यारेबियन टोलीका बलर ओबेड म्याकोयले तीन विकेट लिए । गुडाकेश मोटीले पनि दुई विकेट हात पारे । अकेल होसैनले पनि दुई विकेट लिएका थिए । अल्जारी जोसेफ र आन्द्रे रसेलले पनि एक–एक विकेट हात पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार