Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • ५० लाख घुस काण्डमा मुछिएका सहसचिवको रविको मन्त्रालयमा ‘इन्ट्री’

    ५० लाख घुस काण्डमा मुछिएका सहसचिवको रविको मन्त्रालयमा ‘इन्ट्री’

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 3.9K
    SHARES

    काठमाडौ । निजामती प्रशासनकै सर्वाधिक विवादास्पदमध्ये एक सहसचिवलाई गृह मन्त्री रवि लामिछानेले आफ्नो मन्त्रालयमा भित्राएका छन् । अनेक काण्डमा परेका सहसचिव लालबाबु कवारीलाई गृहमा सरुवा गरिएको हो ।

    यसअघि सिराहाको सिडिओ हुँदा उनी ५० लाख घुसकाण्डमा परेका थिए । सशस्त्र समूहले कब्जा गरेको करोडौंको जग्गा फिर्ता गराउन उनले ५० लाख मागेको अडियो गृह मन्त्रालय पुगेको थियो ।



    सोही प्रकरणमा उनको गोरखा सरुवा रद्द गर्दै छानविन गरिएको थियो । तर, चलखेलका आधारमा कवारीले छानविन प्रभावित पारे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत भनसुनका आधारमा अनुसन्धान रोकाएका थिए ।



    तीनै कवारी सिडिओ बन्नका लागि फेरि गृह मन्त्रालय आएपछि मन्त्रालयकै कर्मचारीहरु अचम्मित भएका छन् । सुशासनका चर्का गर्ने गृहमन्त्री लामिछाने यस्ता विवादास्पद कर्मचारीलाई भित्राएपछि उनको नियतमाथि प्रश्न उठेको हो ।

    कवारी यसअघि कम्पनी रजिष्ट्रारको कार्यालयमा उपसचिव हुँदा २० लाख घुससहित पक्राउ परेका थिए । पछि अदालतबाट सफाइ पाएपछि पनि उनको कार्यशैली उस्तै रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार