Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • लामा मृत्यु प्रकरण: सभामुख सापकोटाकाे संलग्नता छ की छैन, लिखित जवाफ पेश

    लामा मृत्यु प्रकरण: सभामुख सापकोटाकाे संलग्नता छ की छैन, लिखित जवाफ पेश

    अनलाइन नेपाल
  • बिहिबार, २९ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ ।

    सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै अनुसन्धान गर्दै जाँदा लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको उल्लेख गरेका हुन् ।



    लामाकी श्रीमती पूर्णिमायाँले आफ्ना पतिलाई सापकोटालगायतले हत्या गरेको भनी २०६५ साल साउन २७ गते किटानी जाहेरी दिएकी थिइन्। सो जाहेरीमा दिइएको तथ्यअनुसार हालसम्म उचितरुपमा अनुसन्धान नभएको भनी आलोचना भइरहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार