Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

    भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 669
    SHARES

    एजेन्सी । भारतमा रेल दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।

    दार्जिलिङ जिल्लाको फाँसीदेवा इलाकामा कञ्चनजङ्घा एक्सप्रेस रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना भएको हो ।



    ​​ मालबाहक रेलका चालकले सङ्केतलाई गलत रूपमा बुझ्दा ‘एक्सप्रेस रेल’को पछाडिको भागमा ठोक्किएको थियो ।



    यात्रुबाहक गाडीका तीनवटा पटरी रेल र रेलको लिकबाट छुट्टिई जमिनमा ढलेका छन् ।

    भारतको पश्चिम बङ्गाल राज्यमा भएको यो घटना भारतको रेल नेटवर्कमा परेको पछिल्लो घटना हो ।

    यहाँबाट हरेक दिन लाखौं यात्रुहरू ओहोरदोहोर गर्छन् ।

    भारतीय रेलवे बोर्डका अध्यक्ष जया वर्मा सिन्हाले विज्ञप्ति जारी गर्दै करिब ५० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिएकी छिन् ।​

    मृत्यु हुनेमा चालक र सहचालक, रेलका गार्ड र पाँच जना यात्रु रहेको उनले पुष्टि गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार