Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • जी–७ को वक्तव्य पूर्वाग्रह र झूटले भरिएको चीनको दाबी

    जी–७ को वक्तव्य पूर्वाग्रह र झूटले भरिएको चीनको दाबी

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 612
    SHARES

    एजेन्सी । आर्थिक शक्ति राष्ट्रहरूको समूह ‘जी–७’ का नेताहरूले रुसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार जवाफमा उक्त वक्तव्यले ‘चीनमाथि निन्दा र आक्रमण’ गरेको बताएका छिन् ।



    प्रवक्ता जियानले भने,’यसमा कुनै तथ्यगत, कानुनी आधार छैन, साथै यसको नैतिक औचित्य छैन र भनाइ अहंकार, पूर्वाग्रह र झूटले भरिएको छ ।’



    गत साता इटालीमा भएको जी–७ का नेताहरूको बैठकमा बेइजिङसँगको तिक्ततापूर्ण व्यापारिक सम्बन्धका साथै युक्रेन र दक्षिण चीन सागरको तनावलाई लिएर छलफल भएको थियो ।

    गत वर्षको शिखर सम्मेलनको तुलनामा कडा भाषा प्रयोग गर्दै जी–७ को वक्तव्यमा दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण, बलजफ्ती र धम्कीपूर्ण गतिविधि’को पनि आलोचना गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार