Online Nepal
  • आइतबार, २० असोज २०८१
  • आईजीपी परिवर्तन हुने भन्ने कुरा हल्लामात्रै हो : प्रधानमन्त्री प्रचण्ड

    आईजीपी परिवर्तन हुने भन्ने कुरा हल्लामात्रै हो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 648
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईजीपी परिवर्तन हुने भन्ने कुरा हल्लामात्रै भएको बताएका छन् ।

    भरतपुर विमानस्थलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर आफूले ढुक्कसँग काम गर्न भनेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले अस्तिको दिनमात्रै तीनवटै आईजीपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनेर भनिसकेको छु।’

    यसअघि नेपाल प्रहरीका आईजीपी परिवर्तन हुने भन्नेबारे विभिन्न मिडियामा समाचार प्रकाशन भएपछि नेपाल प्रहरीले एक विज्ञप्तिसमेत प्रकाशन गरेको छ ।

    त्यस्तै, प्रधानमन्त्री प्रचण्डले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको बताए।

    प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार