Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मालावीका उपराष्ट्रपतिको शोक सभामा दुर्घटना हुँदा चार जनाको मृत्यु

    मालावीका उपराष्ट्रपतिको शोक सभामा दुर्घटना हुँदा चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 243
    SHARES

    एजेन्सी । मालावीका उपराष्ट्रपति सौलोस क्लास चिलिमाको शोक सभामा दुघर्टना भएको छ ।

    चिलिमाको पुख्र्यौली गाउँ एनटचेउमा आइतबार आयोजित शोक सभामा सो दुघर्टना भएको हो ।



    चिलिमाको पार्थिव शरीर बोकेर गइरहेको बहानको हुलमध्ये एक बहानले शोक मनाइरहेका केही मानिसलाई कुल्चिएको थियो ।



    यो घटनामा ४ जनाको मृत्यु भएको र अरू १२ जना गम्भीर घाइते भएको बताइएको छ । मर्नेमा दुई महिला र दुई पुरुष भएको बताइएको छ ।

    गाउँमा हजारौँ मानिसहरू चिलिमाको अन्तिम दर्शनका लागि सडकको दायाँबायाँ उभिएर बसेका थिए ।

    एकातिरको भिडलाई बचाउने क्रममा बहानले अर्को किनारमा बसेको मानिसहरूलाई कुल्चिएको बताइएको छ ।

    जुन १० मा चिलिमा र अन्य ८ जना सवार सैन्य विमान दूघर्टनाग्रस्त भएको थियो ।

    विमान कुहिरोका कारण मलावीको चिकंगावा वनक्षेत्रमा दुघर्टनाग्रस्त भएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार