Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – गोजीमा राजीनामा पत्र बोक्नु रास्वपाको पहिचान हो

    प्रधानमन्त्री प्रचण्डले भने – गोजीमा राजीनामा पत्र बोक्नु रास्वपाको पहिचान हो

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 891
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोजीमा राजीनामा पत्र बोक्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिचान भएको बताएका छन् ।

    सोमबार भरतपुर विमानस्थलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । रास्वपा तत्काल सरकारबाट नबाहिरिने प्रधानमन्त्री प्रचण्डले बताए।



    प्रधानमन्त्री प्रचण्डले रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेको भन्ने विषयमा सत्यता नरहेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर। त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन।’

    रास्वपाका खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे सोच्नुपर्ने बेला भएको बताएका थिए।

    खेलकुदमन्त्री श्रेष्ठले सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको र सत्तारुढ दलहरूमा पनि यसलाई पुनरावलोकन र समीक्षा गर्ने कुरा चल्न थालेको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार