Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बजेटप्रति ओलीले असन्तुष्टि पोख्याजस्तो मात्रै गर्नुभएको हो : प्रधानमन्त्री प्रचण्ड

    बजेटप्रति ओलीले असन्तुष्टि पोख्याजस्तो मात्रै गर्नुभएको हो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 432
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गरेको बताएका छन् ।

    आज चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले बजेटप्रति ओलीले पोखेको असन्तुष्टिमा सत्यता नभएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले  ओलीले सरकारको बजेटमाथि असन्तुष्टि जनाएको ‘जस्तो’मात्रै गरेको दाबी गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘उहाँले असन्तुष्टि पोखेजस्तोमात्रै गर्नुभएको हो । साँच्चै गर्‍या होइन। उथलपुथल गर्ने बेला भएको छैन। यो जान्छ। राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने अफवाहहरूमा सत्यता छैन।’

    प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण लामो समयसम्म जाने भएकाले कुनै समस्या नभएको पनि बताए ।

    एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीबारे असन्तुष्टि जनाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार