Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रपति पौडेलले आज जर्मनीका राष्ट्रपति स्टीनमेयरसँग भेटवार्ता गर्दै

    राष्ट्रपति पौडेलले आज जर्मनीका राष्ट्रपति स्टीनमेयरसँग भेटवार्ता गर्दै

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 528
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा.फ्रैंक–वाल्टर स्टीनमेयरबीच आज औपचारिक भेटवार्ता हुने भएको छ।

    राष्ट्रपति पौडेल आफ्ना जर्मनी समकक्षी स्टीनमेयरको औपचारिक निमन्त्रणामा शनिबार राति बर्लिन पुगेका हुन्।



    राष्ट्रपति पौडललाई बर्लिनमा आज जर्मन सरकारका तर्फबाट गार्ड अफ अनर प्रदान गरिने छ ।



    जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेल र त्यहाँका राष्ट्रपति स्टीनमेयरबीच सोमबार साँझ प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता हुनेछ।

    सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको यो पहिलो औपचारिक भ्रमण हो।

    नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

    त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ। दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन्।

    अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन गत जेठ ३० स्वीट्जरल्याण्डको जेनेभा पुगेगका राष्ट्रपति पौडेलले यही असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमणमा छन्।

    राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार