Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बकर इदले सहकार्यको संस्कृतिलाई सबल बनाएको छ : प्रधानमन्त्री प्रचण्ड

    बकर इदले सहकार्यको संस्कृतिलाई सबल बनाएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 357
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बकर इदले सहिष्णुताको संस्कृतिलाई सबल बनाएको बताएका छन्।

    बकर इद (अल-अजहा)को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इदको महत्वपूर्ण भूमिका रहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए ।

    उनले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार