Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आईसीसी टी-२० क्रिकेट : नेपाललाई सातौं सफलता ,सन्दीप लामिछानेले लिए विकेट

    आईसीसी टी-२० क्रिकेट : नेपाललाई सातौं सफलता ,सन्दीप लामिछानेले लिए विकेट

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 522
    SHARES

    काठमाडौं। आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध  नेपालले सातौ विकेट लिएको छ । चौध ओभरको दोस्रो बलमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको सातौ विकेट लिएका हुन्।

    १३.२ ओभरमा लामिछानेले तन्जिम हसन साकिब आउट गराए भने ५ बलमा ३ रन बनाएर बाहिरिए।



    त्यस अगाडि ११.४ ओभरमा हसनलाई आउट गराएर नेपाललाई रोहितकुमार पौडेलले छैटौं सफलता दिलाएका हुन्। उनी २२ बलमा १७ रन बनाएर पेभेलियन फर्किए।



    यस अगाडि सन्दीप लामिछानेको बलमा उनलाई गुलशान झाले महमुदुल्लाहलाई रन आउट गराएका थिए ।

    रोहितकुमार पौडेलको बलमा सन्दीप लामिछानेले तौहिद हृदयलाई क्याच आउट गराएका थिए।

    त्यस अगाडि सोमपाल कामीको बलमा लिटन दासलाई आशिफ शेखले क्याच आउट गराए भने दीपेन्द्र सिंह ऐरीले नाजमुल हसिन सान्तोलाई बोल्ट आउट गरेका थिए। सोमपालले पहिलो बलमै ओपनर तान्जिब हसनलाई पेभिलियन फर्काएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार