Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • उपत्यकामा आइतबार पेट्रोलियम पदार्थको हाहाकार, यस्तो छ कारण

    उपत्यकामा आइतबार पेट्रोलियम पदार्थको हाहाकार, यस्तो छ कारण

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार पेट्रोलियम पदार्थको हाहाकार भएको छ । अधिकांश पेट्रोल पम्पहरू बन्द भएपछि पेट्रोलियम पदार्थको अभाव देखिएको हो ।

    शनिबारदेखि ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरेपछि पेट्रोलियम पदार्थ अभाव देखिएको नेपाल आयल निगमले जनाएको छ ।



    चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर चलाएका छैनन् । त्यस कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न नसकेको बताइएको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन सुरू गरेको थियो ।



    आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले विरोध जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार