Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ, २४ करोडको शंकास्पद कारोबार !

    अनलाइन जुवा खेलाएको आरोपमा ६ जना पक्राउ, २४ करोडको शंकास्पद कारोबार !

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 1.5K
    SHARES

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा रुपन्देही घर भएका २५ वर्षीय आकाश मिश्र, २२ वर्षीय अभिषेक जैसवला, २५ वर्षीय नितेश हरिजन, २९ वर्षीय रामु गिरी, २८ वर्षीय प्रतीक बस्याल र काठमाडौँ घर भएका २९ वर्षीय सजल श्रेष्ठ रहेका छन् ।



    वूल्फ ७७७ अनलाइन क्यासिनो साइटबाट जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार उनीहरूलाई विभिन्न मितिमा काठमाडौँ र रुपन्देहीबाट पक्राउ गरिएकोहो ।



    उनीहरूले विभिन्न व्यक्तिहरूलाई बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जालमार्फत पठाई अनलाइन सट्टेबाजी खेलाउने गरेको खुलेको छ ।

    प्रवक्ता होबिन्द्र बोगटीका अनुसार २ महिना अगाडिदेखि अन्दाजी २४ करोड रकम बराबरको शङ्कास्पद अनलाइन कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।

    उनीहरूमाथि मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ अन्तर्गतको सट्टेबाजी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार