एजेन्सी । भारतको सिमानामा तनावको बीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘नयाँ आधुनिक समाजवादी तिब्बत‘ निर्माण गर्ने प्रयास गर्न आह्वान गरेका छन्। राष्ट्रपति सी जिनपिङले तिब्बतको मामिलामा कडा नीति लिने संकेत गरेका छन् ।
यसघि चिनियाँ विदेशमन्त्री वाङ यीले तिब्बतको भ्रमण गरेका थिए र भारतसँगको सीमामा निर्माण कार्यहरूको निरीक्षण गरेका थिए।
उनले तिब्बतमा स्थायित्व कायम गर्न र राष्ट्रिय एकताको रक्षा गर्न चीनले अझ बढी प्रयास गर्नु आवश्यक रहेको वताए।
चीनको कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय कमिटीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी जिनपिङले शनिबार समाप्त भएको तिब्बत कार्यको दुई दिने सातौं केन्द्रीय गोष्ठीमा उक्त टिप्पणी गरेका हुन ।
सीले नयाँ युगको लागि तिब्बत शासन सम्बन्धी सीपीसीको नीतिहरू पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए।
सीले राष्ट्रिय सुरक्षा र स्थायी शान्ति र स्थायित्व सुनिश्चित गर्न, जनताको जीवनमा निरन्तर सुधार, राम्रो वातावरण कायम गर्न, सीमा सुरक्षाको सुदृढीकरण र सीमा सुरक्षा सुनिश्चित गर्नका लागि प्रयास गर्न आग्रह गरे।
‘एक नयाँ आधुनिक समाजवादी तिब्बत निर्माण गर्न प्रयास हुनुपर्दछ जुन संयुक्त, समृद्ध, सांस्कृतिक रूपले उन्नत, सामंजस्यपूर्ण र सुन्दर छ, सीले भने।’
उनले महान मातृभूमि, चिनियाँ राष्ट्र, चिनियाँ संस्कृति, सीपीसी र सबै जातीय समूहका व्यक्तिले चिनियाँ विशेषतासहितको समाजवादलाई मान्यता दिन निरन्तर प्रयास गर्न आग्रह गरे।
चीन र तिब्बतबीच बिबाद
चीन र तिब्बतबीच धेरै बर्षदेखी बिबाद कायमै छ। चीनले तेह्रौं शताब्दीको मध्यदेखि नै तिब्बत चीनको एक हिस्सा रहेको दाबी गर्दै आएको छ।
तर, तिब्बतीहरूले तिब्बत धेरै शताब्दीयौंसम्म स्वतन्त्र राज्य थियो र चीनले यसमाथि लगातार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आएका छन्।
मंगोल राजा कुब्लाइ खानले युआन वंशको स्थापना गरे र तिब्बत मात्र नभई चीन, भियतनाम र कोरियासम्म आफ्नो राज्य विस्तार गरे।
त्यसपछि सत्रौं शताब्दीमा चीनको किङ राजवंशले तिब्बतसँग सम्बन्ध स्थापित गरे।
बिबिसीको एक रिपोर्ट अनुसार २६० वर्षको सम्बन्ध पछि चिनियाँ सेनाले तिब्बत कब्जा गर्यो, तर तीन वर्षभित्रै तिब्बतीहरूले यसलाई हावामा हाले र १९१२ मा तेह्रौं दलाई लामाले तिब्बतको स्वतन्त्रताको घोषणा गरे।
त्यसपछि ५१ मा चिनियाँ सेनाले तिब्बत पुन: कब्जा गर्यो र तिब्बती प्रतिनिधिमण्डलसँग सन्धि गरेको थियो । जस अन्तर्गत तिब्बतको सार्वभौमिकता चीनलाई हस्तान्तरण गरियो।
त्यसपछी दलाई लामा भारत भागे र त्यसबेलादेखि तिब्बतको स्वायत्तताको लागि संघर्श गर्दै आएका छन्।
जब चीनले तिब्बत कब्जा गर्यो, यो बाहिरी विश्वबाट काटिएको थियो। यसपछि तिब्बतको चिनियाँकरण र तिब्बतको भाषा, संस्कृति, धर्म र परम्परालाई लक्षित गरेको थियो।
Leave a Reply