काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सय दिनमा गरेका काम र उपलब्धि सार्वजनिक गरेका छन् ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको सन्दर्भमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गर्दै श्रममन्त्री अर्यालले उपलब्धि सार्वजनिक गरेका हुन् ।
श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकको समय, श्रम, लागत र हैरानी न्यूनीकरण भएको, श्रम स्वीकृतिसम्बन्धी सेवा प्रवाह चुस्त र र प्रभावकारी भएको, सार्वजनिक सेवाप्रति नागरिकको विश्वास बढेको र श्रम स्वीकृति प्रक्रियामा हुनसक्ने ठगी नियन्त्रण भएको बताए ।
साउन १ गतेदेखि विदेशी नियोगहरुमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने उनले बताए ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रमुख श्रम गन्तव्य साउदी अरब, कतार, मलेसिया तथा खाडीका अन्य देशमा माग प्रमाणीकरण अनलाइनबाट सबै नियोगमा सुरुवात गरिने श्रममन्त्री अर्यालले बताए ।
Leave a Reply