Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र सीपीपीसीसीका उपाध्यक्ष बार्टरबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र सीपीपीसीसीका उपाध्यक्ष बार्टरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 384
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी)का उपाध्यक्ष बार्टरबीच शिष्टाचार भेट भएको छ।

    प्रधानमन्त्री प्रचण्ड र उपाध्यक्ष बार्टरबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो ।



    भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ।



    भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरे ।

    उनले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकोमा चीन सरकारलाई धन्यवाद दिए ।

    प्रधानमन्त्री प्रचण्डले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गरे ।

    चीन र नेपाल बीचको संसदीय अभ्यासको आदानप्रदान आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिनेबारे पनि दुई पक्षबीच छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार